क्यान्सर प्राणघातक रोग हो, क्यान्सर भन्ने रोग कसैलाई पनि हुन सक्छ । तर क्यान्सरको लक्षणलाई समयमा चिन्न सकियो भने क्यान्सरको रोगथाम गर्नमा निकै नै सुविधा हुन्छ । क्यान्सरको शुरुवाती अवस्थामा लक्षणहरु थाहा भएमा रोगलाई नियन्त्रण गर्नमा खासै कठिनाई हुदैन र बिरामीलाई बचाउन पनि सकिन्छ । तर जीवनशैलीमा अलिकति सावधानी अपनाउनुले क्यान्सर जस्तो प्राणघातक रोगलाई टाडा पनि भगाउन सकिन्छ । क्यान्सर रोगको लक्षण समयमा थाहा भएमा रोगबाट बच्न सकिन्छ । क्यान्सर रोग पहिलो स्टेस्जमा छ भने कीमोथेरेपी, लेजर थेरेपी र रेडियो थेरेपीको सहयोगबाट ईलाज गर्न सकिन्छ ।
मुख क्यान्सर, पेटको क्यान्सर, बे्रस्ट क्यान्सर, सर्वाइकल क्यान्सर, बे्रन क्यान्सर जस्ता शरिरमा विभिन्न प्रकारको क्यान्सर हुन सक्छ । कुनै पनि व्यक्तिमा क्यान्सरको १५ लक्षण माथि ध्यान पु¥याउनु अति नै आवश्यक देखिन्छ, जसले गर्दा प्राणघातक रोगलाई निदान गर्नमा सहयोग पुग्दछ ।

क्यान्सरको लक्षणहरु ः
१) जुन व्यक्तिमा क्यान्सर हुन्छ त्यो व्यक्तिको वजन असामान्य रुपले कम हुदै जान्छ । विना कुनै कारण शरिरको वजन १० पौण्ड भन्दा कम हुन आउँछ भने क्यान्सर रोगको प्रथम चरणको रुपमा हुन सक्दछ ।
२) ज्वरो क्यान्सरको एक समान्य लक्षणको रुपमा मान्निछ । क्यान्सर बिरामीको रोग–प्रतिरोधक क्षमतालाई कमजोर बनाउँदै जान्छ, जसले गर्दा बिरामीको समय समयमा ज्वरोले सताई राख्दछ । ब्लड क्यान्सर, ल्यूकीमिया आदिमा ज्वरोकै लक्षण नै देखा पर्दछ ।
३) थकावट पनि क्यान्सरको प्रमुख लक्षणमा एक मानिन्छ । यसमा बिरामी कुनै कार्य नगरे पनि थकावट अनुभव भई रहन्छ । कहिले कहिले त हात खुट्टा पनि कार्य गर्न छोडि दिन्छ ।
४) हाडमा वा टस्टीकुलरमा पिडा (दुख्नु) हुनु क्यान्सर हुनुको लक्षण हुन सक्छ । ब्रेन टयूमरको बिरामीलाई टाउको दुख्नु जस्ता लक्षणहरु देखिन्छ । टाउको दुख्नु शुरुवातमा औषधि प्रयोग गर्दा टाउको दुखाईको निदान नहुनु ब्रेन टयूमरको लक्षणको रुपमा लिन सक्न्छि ।
५) छालामा असामान्य परिवर्तन हुनु पनि क्यान्सरको लक्षण हुन सक्छ । कुनै पनि व्यक्तिको छाला कालो हुनु, पहेलो हुनु वा रंगमा कुनै किशीमको परिवर्तन हुनु क्यान्सरको लक्षणको रुपमा लिन सक्न्छि ।
६) कुनै व्यक्तिलाई लामो समय देखि कब्जियत भई रहेका छन वा लामो समय देखि झाडापखालन निदान भई रहेका छैन भने कोलोन क्यान्सर हुन सक्ने सम्भावन हुन्छ ।
७) पिशाब गरि रहेको समयमा दर्द हुनु, पिशाबमा रगत देखा पर्नु जस्ता लक्षणहरु देखिनु प्रोस्टेट क्यान्सर वा डिम्बग्रन्थी क्यान्सरको लक्षण हुन सक्छ ।
८) स्तनमा गांठ हुनु स्तन क्यान्सरको लक्षण हुन सक्न्छि । धेरै जनाको भनाई अनुसर स्तन क्यान्सर महिला हुने मात्र रोग तर वास्तविकमा भन्ने हो भने स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुने क्यान्सर रोग हो ।
९) लिम्फ नोड्समा परिवर्तन हुनु पनि क्यान्सरको लक्षणका रुपमा लिन सक्न्छि, लिम्फ नोड्स वा घाटीमा गाँठ वा सुजन हुनु पनि क्यान्सरको लक्षणको रुपमा हुन सक्छ ।
१०) सर्दी वा खाँसी हुनु पनि कुनै मानिसको लागि समान्य भए पनि चार हप्ता भन्दा बढी सम्म सर्दी वा खाँसी हुनुु क्यान्सरको संकेत हुन सक्छ ।
११) खाना खानुमा अप्ठ्यारो हुनु पनि क्यान्सरको लक्षणको रुपमा हुन सक्छ ।
१२) शरीरको अंगहरु जहाँबाट रगत निस्किने सभ्भावना हुदैन् त्यो अंगहरुबाट रगत देखा परेमा क्यान्सरको लक्षण हुन सक्ने सभ्भावन हुन जान्छ । खाँसी हुदा, मल त्यागगर्दा, पिशाब गर्दा रगत देखियो भने क्यान्सरको लक्षण हुन सक्छ ।
१३) यदि कुनै व्यक्ति चुरोट, खैनी प्रयोग गरि रहेको समयमा मुख वा जिब्रोमा सेतो दाग आउनु क्यान्सरको लक्षण हुन सक्छ, यस्तो प्रकारको क्यान्सरलाई ओरल क्यान्सर भन्निछ ।
१४) क्यान्सर भएपछि पाचन प्रणालीलाई पनि राम्ररी कार्य गर्न दिदैन । कुनै पनि व्यक्तिलाई लामो समय देखि खाना अपच भई रहेका छन भने पेट क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।
१५) टेस्टिकल्समा परिवर्तन पनि टेस्टिकल्स क्यान्सरको लक्षण हुन सक्छ । टेस्टिकल्स क्यान्सर २० देखि ३९ वर्षको व्यक्तिहरु बढी मात्रामा लाग्ने क्यान्सर रोग हो ।
अतः क्यान्सरलाई जति चाडै निदान हुन जान्छ, त्यसै अनुरुप क्यान्सरबाट मुक्ति पाउन सकिन्छ । क्यान्सरको कुनै प्रकारको लक्षण देखिन आएमा तुरैन्तै चिकित्सक सँग सम्पर्क गर्नु रोगको सबभन्दा ठुलो निदान हुन आउँछ ।